हावाहुरीका कारण खोटाङ र ओखलढुंगामा विधुत अवरुद्ध

Posted on: 25 Aug, 2019

चिसाङ शेर्पा | भदौ ८, खोटाङ | हावाहुरीका कारण दुई जिल्लामा विधुत अवरुद्ध भएको छ । शनिबार राती आएको हावाहुरीले उदयुपरको गाईघाट–जलजले रुटको ३३ केभी प्रसारण लाईनमा क्षति पु¥र्याउदा खोटाङ र ओखलढुंगामा विधुत अवरुद्ध भएको हो ।

साउने–जलजले रुटबाट लाईन पास नभएपछि आइतबार बिहानैबाट त्यस रुटमा प्राविधिक खटाएर फल्ट पत्ता लगाउने काम भइरहेको नेपाल विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्र प्रमुख रामदिनेश राय यादवले बताए । यादवका अनुसार रुखहरु ढलेर लाइन अवरुद्ध भएको अनुमान गरिएको छ । अवरुद्ध विधुत सञ्चलान हुन-नहुने केही भन्न नसकिने प्राधिकरणले जनाएको छ । 

विधुत अवरुद्ध हुंदा खोटाङबाट सञ्चालित सञ्चार माध्यमको प्रसारण रोकिएको छ । ओखलढुंगाका सञ्चार माध्यम सञ्चालनमा पनि कठिनाई आउन थालेको छ । विधुत नहुंदा सञ्चार माध्यमका अलवा सरकारी कार्यालय, गैर सरकारी कार्यालय, विभिन्न संघसंस्था, वैक, वित्तिय संस्थाको दैनिक कामकाजमा समस्या भएको छ । खोटाङका करीव १३ हजार ग्राहक अन्धाकारमा वस्न बाध्य बनेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!