सडक मर्मतमा ढिलासुस्ती हुदाँ दिक्तेल-पञ्चमी बस चल्न सकेन,सर्वसाधरणलाई सास्ती

Posted on: 06 Nov, 2019

चिसाङ शेर्पा | कार्तिक २०, खोटाङ | कच्ची सडक मर्मत कार्यमा ढिलासुस्ती हुदाँ करिब ६ महिना चल्ने यात्रुबहाक बस सेवा चल्न सकेको छैन । साकेला गाउँपालिका–५ मात्तिमको तावाखोला पश्चिमतर्फ भलबाढीले भत्काएको सडक मर्मत गर्ने जिम्मा लिएको निर्माण उपभोक्ता समितिले काममा ढिलाई गरेपछि बस सेवा चल्न नसकेको हो |

ग्याभिङ हालिएको करीव ४५ मिटर सडक भलबाढीले भत्काएपछि भौतिक पुर्वाधार विकास मन्त्रालय उदयपुरसँग सम्झौता र गाउँपालिकाको साझेदारीमा करिब २२ लाखमा भत्किएको सडक सहित बाझेच्यान डाँडा र रतन्छाको विचविचमा भत्किएको सडक बनाउन गठन गरिएको संयुक्त सडक निर्माण समितिले दशैपछिबाट काम थाले पनि खास काम गरेन । हिउदमा मात्रै चल्ने सडक नबनाउदा सर्वसाधरणलाई शास्ती भएको छ । पेश्की रकम नदिएको र वर्षातका कारण काममा ढिला भएको निर्माण समितिका सदस्य निर चाम्लिङले स्वीकार गरे । काममा ढिला भएकै हो । उनले भने, अहिले भने धमाधम काम भइरहेको छ ।

उक्त रुटमा हामी बस चलाउन तयार छौ । तर, सडक बनेको छैन, स्थानीय सरकारले पनि ताकेता गरेको देखिन्दैन यातायात व्यवसायी भन्छन्,“हिउदमा मात्रै चल्ने सडक अहिले पनि नबने कहिले बन्ने अनि गाडी कुद्ने बर्खामा ? प्रश्न गरे ।” यता गाउँपालिका अध्यक्ष अर्जुन खड्काले भने काममा ढिलाई भएकाले भौतिक पुर्वाधार विकासको कार्यालयलाई काम छिटो सकाउन अनुरोध गरिएको र निर्माण उपभोक्ता समितिलाई ताकेता गरिरहेको बताए । बेलैमा सडक तयार नहुंदा दिक्तेलबाट दिप्रुङ चुईचुम्मा गाउँपालिकाको सप्तेश्वर छितापोखरीको पञ्चमीबजार हुंदै जिल्लाको दक्षिणी क्षेत्रका सर्वसाधरण एकदिन पैदल हिड्न बाध्य छन् । यातायात नचल्दा बालबालिका, बृद्धबृद्धा, अशक्तहरुलाई यात्रा गर्न समस्या भईरहेको छ ।

तावाखोलामा पक्की मोटरेबल पुल नहुंदा वर्षपिच्छे राज्यको लाखौ बजेट खर्चेर डाईभर्सन बनाईने गरिन्छ । पुल नभएको कारण खोला तर्न नसकेर खोलामै छोडिएको एकवटा यात्रुबहाक बस नै खोलाले बगाएको थियो । प्रदेश सरकार भौतिक पुर्वाधार विकास मन्त्रालय उदयपुर र नेशनल महाविर र सिद्धिसाई जेभिविच २०७५ बैशाख २१ गते सम्झौता भएपछि अब भने त्यहाँ ४० मिटर लम्बाईको स्टिल प्लेट गे्रर्डर पुल बन्ने भएको छ । हाल कछुवा गतीमा पुलको काम भईरहेको छ । स्थानीय सडक पुल सहयोग इकाईको प्राविधिक सहयोग र प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयको ४ करोड ५१ लाख ३५ हजार १९५ रुपैयाँ लागतमा बन्ने पुल २०७७ बैशाख २१ गते सम्पन्न हुनुपर्ने भए पनि समयमै नसकिने देखिन्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!