केही बर्ष भित्रै रामेछाप पुर्ण बिद्युतीकरणः सांसद श्रेष्ठ

Posted on: 18 Dec, 2016

पुस ३, रामेछाप । रामेछाप जिल्लाका  सांसद श्यामकुमार श्रेष्ठ कुशलले अबको केही बर्ष भित्रै रामेछापमा पुर्ण बिद्युतीकरण हुने बताउनु भएको छ । उक्त कार्यको लागी आफ्नो पहलमा उर्जा मन्त्रालयबाट १ अर्ब ३० कराडको टेन्डर आह्वान समेत भईसकेको उहाँले जानकारी दिनुभयाे । सदरमुकाम मन्थलीमा अाईतबार एक संचारमाध्यममा अन्तर्वार्ता दिदै सांसद श्रेष्ठले खिम्ती हाईड्रोपावरको बिजुली अब रामेछाप प्रसारण लाईनमा जोड्न आफुले उर्जा मन्त्री जनार्दन शर्मा सँग आग्रह गरेको र यस बिषयमा मन्त्री शर्मा सकरात्मक रहेको जानकारी गराउनुभयाे ।

निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम अन्र्तगत रामेछापको निर्वाचन क्षेत्र नम्वर २ का लागी आएको ३ करोड बजेट भर्खरै आफुले बिभिन्न क्षेत्रमा बिनियोजन गरेको बताउदै उहाँले भन्नुभयाे -" जिल्लाका सम्पुर्ण जनता प्रत्यक्ष लाभान्वति हुने बिकास निर्माण र बिद्यालयहरुमा बजेट बिनीयोजन भएको छ, यस आर्थिक बर्षमा छुटेका क्षेत्रहरु अर्काे आर्थिक बर्षको पहिलो प्राथमिकता दिईनेछ । आफु रामेछाप क्षेत्र नम्बर २ को निर्वाचीत सांसद भएपनि समग्र रामेछापको बिकास निर्माणको कार्यमा आफ्नो क्षेत्रबाट अहोरात्र खटिरहेको उहाँले बताउनु भयो ।

एक अर्काे प्रसंगमा सांसद श्रेष्ठले नेकपा एमालेले निरन्तर संसद अबरुद्ध गरेर कच्चा राजनितीक प्रबृती देखाएको बताउनुभयो । उहाँले भन्नुभयाे -" एमालेकै कारण लोकमान सिंह कार्की बिरुद्धको महाअभियोग प्रस्ताब लगायतको महत्वपुर्ण बिधेयकहरु रोकिएको छ ।" एमाले अध्यक्ष केपि शर्मा ओलि प्रधानमन्त्री भएका बेला नै सहमति भएको सिमांकन लगायतको संबिधान संसोधन प्रस्तावलाई बर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ल्याउदा कसरी राष्ट्रघाती भयो ? उहाँले प्रश्न गर्नुभयो । बर्तमान संबिधान संसोधन प्रस्ताव स्थानिय तहको निर्वाचनको बिषयसँग जोडिएको उहाँले दाबि गर्नुभयो  ।

पत्रकार नारायण श्रेष्ठकाे सहयाेगमा

यस बिषयमा तपाइको प्रतिक्रिया...!