न्यौपानेको अध्यक्षतामा विपी स्मृति भवन निर्माण मूल समिति गठन

Posted on: 21 Dec, 2016

प्रज्वल पौडेल । पौष ६, रामेछाप ।

 नेपाली काङ्ग्रेस रामेछापले विपी स्मृति भवन निर्माण मूल समिति गठन गरेको छ । नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति रामेछापको मंगलबार बसेको बैठकले लबश्री न्यौपानेको अध्यक्षतामा भवन निर्माण समिति गठन गरेको हो । समितिमा सचिव लेखबहादुर कार्की,कोषाध्यक्ष कुमार श्रेष्ठ, सदस्यहरुमा झपडराज भण्डारी, चन्द्र राउत, नारायण खड्का,राजु श्रेष्ठ, सुमित्रा मोक्तान र जितेन्द्र मोक्तान रहनु भएको छ । सदरमुकाम मन्थलीमा नेपाली काङग्रसको नाममा रहेको जग्गामा भवन निर्माण गर्न लागिएको हो ।

यसैगरी माघ मसान्तभित्र  किसान संघको जिल्ला अधिवेशन सम्पन्न गर्न मदन अधिकारीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको काङ्ग्रेस रामेछाप सचिव लेखबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार सदस्यहरुमा रामचन्द्र बस्नेत, सुमित्रा मोक्तान, लालबहादुर तामाङ र इन्द्र माझी रहेका छन् । बैठकले पौष १६ गते ४१ औ राष्ट्रिय मेलमिलाप दिवस रामेछापको गेलु गाविसमा मनाउने निर्णय समेत गरेको छ ।

यसैविच बैठकले रामेछापको कोलन्जर घाटमा निर्माण कार्य सूरु गरिएको सुनकोसी पक्की पूल सोहि स्थानमा छिटो निर्माण कार्य सूरु गर्न नेपाल सरकार भौतिक निर्माण तथा यातायात मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ। पुललाई अन्यत्र सार्ने प्रयास भए काङग्रेस कडा आन्दोलनमा जाने निर्णय गरिएको सचिव कार्कीले जानकारी दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!