रामेछापको गोकुलगंगा गाउँपालिकामा नेकपा एमालेका खड्ग सुनुवार विजयी

Posted on: 17 May, 2017

जेठ ३, रामेछाप | रामेछापको गोकुलगंगा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका खड्ग सुनुवार विजयी बनेका छन् । उनी ३५५१ मत ल्याएर विजयी बनेका हुन् । 

उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका नानीबाबु बस्नेतले ३१५२ मत प्राप्त गरेका छन् ।

माओवादी केन्द्रका प्रेमवहादुर कार्कीले १४०१ मत प्राप्त गरे । त्यस्तै उपाध्यक्षमा पनि एमालेकै राधिका श्रेष्ष्ठ ३६८८ मत प्राप्त गरी विजयी भएकी छन् । निकटतम प्रतिद्वन्दी कांग्रेसकी तुलसा केसीले २९२४ मत प्राप्त गरिन् । माओवादीकी मन्जु बस्नेतले १३६९ मत प्राप्त गरेकी छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!