रामेछापमा जीप दुर्घटना: मृत्यु हुनेको संख्या तीन पुग्यो, ८ घाइते

Posted on: 21 Oct, 2018

कात्तिक ५, रामेछाप | रामेछापमा शनिबार साँझ भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । दुर्घटनामा अन्य ८ जना घाइते भएका छन् ।

रामेछाप नगरपालिका–१ गोगनेमा भएको उक्त दुर्घटनामा घाइते भएका मध्ये ५ जनाको सैनिक अस्पताल छाउनी र ३ जनाको काठमाडौँ मैडिकल कलेज सिनामंगलमा उपचार भइरहेको छ ।

जिपमा सवार रामेछाप नगरपालिका–१ गोठगाँउका ४५ बर्षीय दुर्गा बहादुर कार्की र सोही स्थानकी ७५ बर्षीया ललिमाया कार्कीको घटनास्थलमै मृत्यु भएको थियो  भने  जीप चालक सोही ठाउँका २६ वर्षीय हेम बहादुर खत्रीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

खत्रीको  उपचारको क्रममा धुलिखेल अस्पताल काभ्रेमा गएराती साढे १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

शनिबार साँझ पौंने ६ बजे रामेछापकै सालुबाट गोठपानीतर्फ जाँदै गरेको ना १ ज ४८ १२ नम्बरको जिप सडकबाट अन्दाजी २५० मिटर तल खसेर दुर्घटना भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!