प्रदेश ५ को स्थायी राजधानी भालुवाङ राख्ने प्रस्ताव पास

Posted on: 06 Oct, 2020

असोज २०, काठमाडौं । प्रदेश ५ को र स्थायी राजधानी भालुवाङ बनाउने प्रस्ताव प्रदेशसभाबाट पास भएको छ ।

प्रदेशसभामा मंगलबार भएको मतदानमा प्रस्ताव दुई तिहाई बहुमतले पास भएको हो ।

प्रदेश सभामा मङ्गलबार भएको मतदानमा प्रस्तावको पक्षमा ६९ मत र प्रस्तावको विपक्षमा १३ मत परेको छ ।

प्रदेश सभाका ८७ सदस्यमध्ये मङ्गलबारकाे मतदान प्रक्रियामा ८२ जनाले भाग लिएका हुन्

प्रस्तावको पक्षमा ६९ मत परेको थियो । यो प्रदेशसभाको दुई तिहाई बहुमत हो । प्रस्तावको विपक्षमा १३ परेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!