रुकुम पूर्वका दुवै प्रदेशसभामा वाम गठबन्धन विजयी

Posted on: 08 Dec, 2017

मङ्सिर २१, रुकुम ।  रुकुम पूर्वका दुवै प्रदेशसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजयी हुनुभएको छ । 

प्रदेशसभा क्षेत्र नं (क) मा आफ्ना प्रतिस्पर्धी नेकाका दूतकुमार पुनलाई तीन हजार २८३ मतले पछि पार्दै नेकपा (माओवादी केन्द्र)का तेजबहादुर ओली विजयी हुनुभएको हो । 

विजयी ओलीले पाँच हजार ४२७ मत प्राप्त गर्दा पुनले दुई हजार १४४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत दुर्गाबहादुर भुसालले जानकारी दिनुभयो । 

यस्तै, प्रदेशसभा क्षेत्र नं (ख)मा पनि नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजयी हुनुभएको छ । आफ्ना प्रतिस्पर्धी नेकाका दत्तबहादुर बस्नेतलाई दुई हजार ७०५ मतले पछि पार्दै नेकपा (माओवादी केन्द्र)का पूर्णबहादुर घर्ती विजयी हुनुभएको उहाँले बताउनुभयो । 

विजयी घर्तीले पाँच हजार ८१६ मत प्राप्त गर्दा बस्नेतले तीन हजार १११ मत प्राप्त गर्नुभएको थियो । एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको रुकुम पूर्वमा प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना सकिएपछि अब समानुपातिक तर्फको मतगणना शुरु गरिएको छ । 

यसअघि, यहाँबाट प्रतिनिधिसभा सदस्यमा बाम उम्मेदवार कमला रोका विजयी भइसक्नुभएको छ ।  रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!