सर्लाहीमा एमालेले खाता खोल्यो

Posted on: 23 Sep, 2017

असोज ७, सर्लाही । सर्लाहीमा एमालेले खाता खोलेको छ ।

लालबन्दी नगरपालिकामा मेयर र उपमेयरमा बिजयी हासिल गरेको पछी सर्लाहीमा पहिलोपटक खाता खोलेको हो ।

शनिवार बिहान सम्पन्न मतगणनामा एमालेका मानबहादुर खड्का करिब ४ हजार मतको फराकिलो अन्तरले मेयरमा निर्वाचित भए । खड्काले ८ हजार ९४९ मत पाएर जित्दा निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका इन्द्रबहादुर योञ्जन ५ हजार ६ सय ३९ मत पाएका छन् ।

उपमेयरमा एमालेकै शान्तिकुमारी लामा ७ हजार ९ सय ३४ मतका साथ विजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी शान्ता उपाध्यायले ५ हजार ५ सय ६१ मत प्राप्त गरेकी छन् ।

जिल्लाका १६ स्थानीय तहमध्ये ११ तहको परिणाम आउँदा एमालेले जितेको यो पहिलो स्थानीय तह हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!