गोलबजारबाट जुवातास खेल्ने तीन पक्राउ

Posted on: 14 Jun, 2018

जेठ ३१, सिरहा | जुवातास खेलिरहेको अवस्थामा प्रहरीले सिरहाको गोलबजार नगरपालिका ८ स्थित मैनावती खोलाको किनारबाट नगद सहित ३ जनालाई पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीको गस्ति टोलीले आज  जुवातास खेलिरहेका अवस्थामा नगद रु. ३८ हजार ४ सय ३० रुपैया, १ बुंग तास र ५ वटा मोटरसाइकल सहित स्थानिय २५ वर्षीय सत्यनारायण कुमार ठाकुर लगायत ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुमाथि आवश्यक अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!