एमाले अध्यक्ष ओली र गृहमन्त्री निधिको पुत्ला जलाए

Posted on: 09 Mar, 2017


राम नारायण पंडित/फागुन २६, सिरहा । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सिरहामा एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्रि बिमलेन्द्र निधिको पुत्ला जलाएका छन् । 

मोर्चाले मिर्चैयामा बुधबार साझँ पुर्ब प्रधानमन्त्रि समेत रहेका ओली र गृहमन्त्रि निधिको पुत्लालाई नगर परिक्रमा गर्दै मिर्चैया बजारमा दहन गरिएको मोर्चा नेता पबतिर यादबले बताए । सप्तरीमा भएको नरसंहार उपप्रधान मन्त्रि समेत रहेका निधि र एमाले अध्यक्ष ओलीले सुनियोजित रुपमा गराएकोले पुत्ला जलाएको मोर्चाले दाबी गरेको छ । 

उक्त क्रममा मोर्चाले सरकार र एमालेको बिरुद्धमा जोरदार नाराबाजी पनि गरेका थिए ।   


यस बिषयमा तपाइको प्रतिक्रिया...!