Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
March 17, 2023 समाज

गगनलाई ओलीको जवाफ- कांग्रेसलाई प्रतिपक्षमा भेट्न ८४ साल पर्खिनु पर्दैन

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत ३, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस महामन्त्री गगन थापालाई जवाफ फर्काएका छन् । फागुन २५ गते भएको राष्ट्रपतिको निर्वाचनपछि ओलीले कांग्रेससँग नमिल्ने भनेर आफूहरूले कसम नखाएको अभिव्यक्ति दिएका थिए । तर, त्यसलगत्तै महामन्त्री थापाले ओलीलाई जवाफ फर्काउँदै २०८४ सालसम्म त्यो सम्भव नभएको बताएका थिए । त्यसको जवाफ आज ओलीले फर्काएका हुन् ।

उनले उपराष्ट्रपतिमा मतदान गरेर बाहिरिने क्रममा भने, ‘एकजना अलिक चर्का कांग्रेसले कति सालपछि भेट हुन्छ भन्नुभएछ । प्रतिपक्षमा भेट्न ०८४ साल पर्खिनुपर्छ ? अहिले भेट्नुभएको छैन । उहाँहरूको यो कुराले उहाँहरूभित्र निकै ठूलो गडबडी देखिन्छ । नत्र किन त्यस्तो बोल्नुपर्‍यो ? त्यहाँभित्र गडबडी होलान् । त्यसैकारण बोल्नुभएको हो कि ?’

उनले डोमोक्रेटिक सिस्टममा हारजित हुने कुरा स्वाभाविक भएको बताए ।

ओलीले भने, ‘अहिले साँठगाँठको सिस्टम भयो । यसमा कसले जित्यो कसले हार्‍यो ? कसको शक्ति कति भन्ने नै भएन ? अहिले त जनमत पार्टीले उपराष्ट्रपतिमा उम्मेदवार उठाएको छ । यस्तोमा के हिसाब हुन्छ ।’

उनले संघदेखि प्रदेशसम्म प्रतिपक्षमा पुगेपनि देश र जनताको पक्षमा काम गर्ने बताए । आगामी रणनीतिबारे अहिल्यै भन्न आवश्यक नभएको ओलीको भनाई छ ।