2026-10-19 04:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन

काठमाडौँ | सुर्खेतकी इनिशा विकको हत्या प्रकरणको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारवाहीको माग गर्दै शुक्रबार काठमाडौँमा विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन्। पद्मकन्या बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्वमा बागबजारबाट सुरु भएको प्रदर्शन माइतीघर मण्डलासम्म पुगेको थियो। सहभागी विद्यार्थीहरूले घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गर्दै विभिन्न नाराबाजी गरेका थिए।

प्रदर्शनका क्रममा ‘नारी सुरक्षा सुनिश्चित गर’, ‘घटनाको निष्पक्ष अनुसन्धान गर’ जस्ता नाराहरू लगाइएका थिए। कालो पट्टी बाँधेर सडकमा उत्रिएका विद्यार्थीहरूले पीडित परिवारले न्याय प्राप्त नगरेसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्।

इनिशा सुर्खेतको वीरेन्द्रनगरस्थित एक सामुदायिक वन क्षेत्रमा मृत अवस्थामा फेला परेकी थिइन्। पोष्टमार्टम प्रतिवेदनमा बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण उनको मृत्यु भएको उल्लेख गरिएको छ। घटनाबारे प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ