2026-10-21 08:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध

काठमाडौँ | महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनको सुरक्षा र व्यवस्थापनलाई ध्यानमा राख्दै जिल्ला प्रहरी परिसर काठमाडौँले १३ बुँदे विशेष अनुरोध जारी गरेको छ। अत्यधिक भीडभाड हुने अनुमानसँगै प्रहरीले शनिबार दर्शनार्थीले पालना गर्नुपर्ने नियम सार्वजनिक गरेको हो।

प्रहरीले भक्तजनलाई मन्दिर आउँदा बहुमूल्य गरगहना नलगाउन तथा महँगा सरसामान साथमा नबोक्न आग्रह गरेको छ। पशुपति क्षेत्रभित्र प्लास्टिकका झोला, कप तथा प्लेट प्रयोग गर्न निषेध गरिएको छ भने दूध वा गंगाजल ल्याउँदा काँचका भाँडाको प्रयोग नगर्न पनि सचेत गराइएको छ। मन्दिर परिसरभित्र मोबाइल फोन र क्यामेरा प्रयोग गर्न नपाइने तथा छालाका सामग्री जस्तै जुत्ता, चप्पल, ज्याकेट र कम्मरपेटी लगाएर प्रवेश निषेध गरिएको प्रहरीले जनाएको छ।

दर्शनार्थीका लागि प्रत्येक मार्गमा छुट्टाछुट्टै जुत्ता–चप्पल राख्ने कक्षको व्यवस्था गरिएको छ। प्रहरीले सबैलाई पङ्क्तिबद्ध भएर दर्शन गर्न, विशेष पासको अपेक्षा नगर्न र दर्शन सकेपछि तुरुन्त बाहिर निस्कन अनुरोध गरेको छ। ज्येष्ठ नागरिक तथा शारीरिक रूपमा असक्त व्यक्तिलाई प्राथमिकता दिन पनि सर्वसाधारणलाई अपिल गरिएको छ।भीडमा पाकेटमार सक्रिय हुन सक्ने भएकाले आफ्नो सामानको सुरक्षा आफैं गर्न प्रहरीले आग्रह गरेको छ। स्वास्थ्य समस्या देखिएमा परिसरभित्र सञ्चालन हुने स्वास्थ्य शिविरमा सम्पर्क गर्न र कुनै व्यक्ति वा सामान हराएमा प्रहरी वा खोजखबर कक्षमा जानकारी गराउन भनिएको छ। साथै, मन्दिर तथा मेला क्षेत्र सफा राख्न फोहोर नफाल्न र तोकिएका शौचालय मात्र प्रयोग गर्न पनि अनुरोध गरिएको छ।

यस वर्ष महाशिवरात्रि आइतबार परेको छ र ठूलो संख्यामा स्वदेश तथा भारतबाट भक्तजन आउने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ