2026-09-11 01:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै

काठमाडौँ । नेपाल सेफ सोसाइटी तथा अन्तर्राष्ट्रिय नेपाली शेफ सोसाइटीको संयुक्त आयोजनामा ‘Second National Culinary Challenge Competition 2026’ (दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६) आयोजना हुने भएको छ।

कार्यक्रम आउँदो मे १५–१६ (जेठ १–२) गते Pathibhara Culinary Art College मा दुई दिनसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएका छन् । प्रतियोगिताअन्तर्गत खुला कुलिनरी प्रतिस्पर्धा, फुड कम्पिटिसन तथा फुड फेस्टिभल आयोजना गरिनेछ । कार्यक्रमको मुख्य उद्देश्य कोशी प्रदेशसहित देशभरका रैथाने तथा लोपोन्मुख नेपाली परिकारहरूको संरक्षण र प्रवर्द्धन गर्नुका साथै नेपाली कला, संस्कृति तथा ग्यास्ट्रोनोमीको जगेर्ना गर्नु रहेको छ ।

कार्यक्रममा देश तथा विदेशमा कार्यरत नेपाली शेफहरू, पाककला विद्यार्थी, होटल तथा रेस्टुरेन्ट व्यवसायी तथा पाककला क्षेत्रमा रुचि राख्ने व्यक्तिहरूको व्यापक सहभागिता रहने अपेक्षा गरिएको छ। अन्तर्राष्ट्रिय नेपाली शेफ सोसाइटीका अनुसार ४५ देशबाट शेफहरूको सहभागिता रहनेछ ।

कार्यक्रम स्थलमा ५० भन्दा बढी फुड स्टलहरू रहनेछन्, जहाँ विभिन्न रैथाने तथा परम्परागत नेपाली परिकारहरू प्रस्तुत गरिनेछ। आयोजकले यस कार्यक्रममार्फत नेपाली खानाको प्रवर्द्धन, पाककला पर्यटनको विकास तथा नेपाली ग्यास्ट्रोनोमीलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने विश्वास व्यक्त गरेका छन् ।

अन्तर्राष्ट्रिय नेपाली शेफ सोसाइटीका केन्द्रीय अध्यक्ष अरुण अधिकारीले देशभरका इच्छुक प्रतिस्पर्धीहरूलाई सहभागिताका लागि खुला आह्वान गरेका छन् ।

गत ४ वैशाख २०८२ (अप्रिल १७, २०२५) मा अकेडेमी अफ कलिनरी आट्र्स, कलेजमा पहिलो पटक अन्तर–कलेज कुकिंग कम्पिटिसन २०८२ को भव्य आयोजना सम्पन्न भएको थियो । लगत्तै आयोजकले काठमाडौँको भृकुटीमण्डपमा भव्य मेला सम्पन्न गरेको थियो । उक्त कार्यक्रममा बिश्वभरबाट नेपाली सेफहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय बालेन्द्र शाह असोज ६ गते अमेरिका जाने उद्योगमन्त्रीको शपथ साढे ५ बजे द्योगमन्त्रीमा दीपककुमार साह सिफारिस विपद्‌मा दल हेर्नु हुँदैन, सरकार–सरकारबीच समन्वय होस् : रामकुमारी झाँक्री नेप्सेमा दोहोरो अंकको गिरावट शहीदको रगतमा राजनीति गर्न पाइँदैन : सांसद खातुन फुटपाथमा सुत्केरी भएको घटनामा अस्पतालको स्पष्टीकरण : उपचारबाट वञ्चित गरिएको होइन गुण्डा शैलीको शासन संविधानले परिकल्पना गरेको छैन : अमरेशकुमार सिंह पार्टीलाई एकताबद्ध गर्नका लागि नरम हुन तयार छु : गगनकुमार थापा भोटेकोशी बाढीमा खोज तथा उद्धार तीव्र बनाउन सरकारसँग कवीन्द्र बुर्लाकोटीको माग