2026-10-20 04:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै

काठमाडौँ । नेपाल सेफ सोसाइटी तथा अन्तर्राष्ट्रिय नेपाली शेफ सोसाइटीको संयुक्त आयोजनामा ‘Second National Culinary Challenge Competition 2026’ (दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६) आयोजना हुने भएको छ।

कार्यक्रम आउँदो मे १५–१६ (जेठ १–२) गते Pathibhara Culinary Art College मा दुई दिनसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएका छन् । प्रतियोगिताअन्तर्गत खुला कुलिनरी प्रतिस्पर्धा, फुड कम्पिटिसन तथा फुड फेस्टिभल आयोजना गरिनेछ । कार्यक्रमको मुख्य उद्देश्य कोशी प्रदेशसहित देशभरका रैथाने तथा लोपोन्मुख नेपाली परिकारहरूको संरक्षण र प्रवर्द्धन गर्नुका साथै नेपाली कला, संस्कृति तथा ग्यास्ट्रोनोमीको जगेर्ना गर्नु रहेको छ ।

कार्यक्रममा देश तथा विदेशमा कार्यरत नेपाली शेफहरू, पाककला विद्यार्थी, होटल तथा रेस्टुरेन्ट व्यवसायी तथा पाककला क्षेत्रमा रुचि राख्ने व्यक्तिहरूको व्यापक सहभागिता रहने अपेक्षा गरिएको छ। अन्तर्राष्ट्रिय नेपाली शेफ सोसाइटीका अनुसार ४५ देशबाट शेफहरूको सहभागिता रहनेछ ।

कार्यक्रम स्थलमा ५० भन्दा बढी फुड स्टलहरू रहनेछन्, जहाँ विभिन्न रैथाने तथा परम्परागत नेपाली परिकारहरू प्रस्तुत गरिनेछ। आयोजकले यस कार्यक्रममार्फत नेपाली खानाको प्रवर्द्धन, पाककला पर्यटनको विकास तथा नेपाली ग्यास्ट्रोनोमीलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने विश्वास व्यक्त गरेका छन् ।

अन्तर्राष्ट्रिय नेपाली शेफ सोसाइटीका केन्द्रीय अध्यक्ष अरुण अधिकारीले देशभरका इच्छुक प्रतिस्पर्धीहरूलाई सहभागिताका लागि खुला आह्वान गरेका छन् ।

गत ४ वैशाख २०८२ (अप्रिल १७, २०२५) मा अकेडेमी अफ कलिनरी आट्र्स, कलेजमा पहिलो पटक अन्तर–कलेज कुकिंग कम्पिटिसन २०८२ को भव्य आयोजना सम्पन्न भएको थियो । लगत्तै आयोजकले काठमाडौँको भृकुटीमण्डपमा भव्य मेला सम्पन्न गरेको थियो । उक्त कार्यक्रममा बिश्वभरबाट नेपाली सेफहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ