Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
April 20, 2023 समाज

पाँच किलो सुनका गरगहनासहित नेपालगञ्जबाट दुई जना पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

<p><b>बैशाख ७, नेपालगञ्ज | </b>नेपालगञ्जबाट प्रहरीले करिब पाँच किलो अवैध सुनका गरगहनासहित दुई जनालाई पक्राउ गरेको छ ।<br></p><p>बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले नेपालगञ्जको न्यूरोडस्थित एक होटलबाट ४ दशमलव नौ सय २७ किलोग्राम सुनका विभिन्न गहनासहित उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।</p><p>पक्राउ परेका व्यक्तिका साथबाट सुनका चुरा, ब्रासलेट, मङ्गलसुत्र, बाला, ढुङ्ग्री, औँठीलगायतका सुनका गहना प्रहरीले गएराति बरामद गरेको हो । यस विषयमा विस्तृत जानकारी दिन आज अपराह्न बाँके प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरेका छ । गरगहना झोलामा राखेर हिँडिरहेको सुराकीका आधारमा ती दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।</p>