पढ्न करिब 1 मिनेट लाग्छ

वैशाख २७, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणले प्रहरीलाई बढुवामा छुटेको रिस पोखेको हो भन्दै प्रश्न गरेका छन् ।

मोबाइल स्वीच अफ गरेर बसेका खाणलाई प्रहरीले कांग्रेस सांसद पूर्णबहादुर तामाङ (कान्छाराम)को घरबाट पक्राउ गरेको थियो । हिजै खाण काठमाडौं प्रहरी परिसरमा पुगेर कागज गरेर फर्किएका थिए ।

आज उनलाई नियन्त्रणामा लिने क्रममा प्रहरीलाई खाणले भने, ‘बढुवामा छुटेको रिस पोखेको हो ?’

खाणलाई म्याद थप गर्न अदालत लगिएको छ । जिल्ला प्रहरी परिसर टेकुबाट उनलाई म्याद थपका लागि अदालततर्फ लगिएको हो । सँगै स्वकीय सचिव नरेन्द्र केसीलाई पनि लगिएको छ । प्रहरीले हतकडी भने लगाएको छैन ।