2026-10-05 06:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कर्णाली प्रदेश

कर्णाली प्रदेशमा साउन १ गते (शुक्रबार) सार्वजनिक बिदा

2026-07-16

काठमाडौँ | कर्णाली प्रदेश सरकारले साउने संक्रान्ति तथा देउडा पर्वका अवसरमा साउन १ गते (शुक्रबार) प्रदेशभर सार्वजनिक बिदा दिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीबार सूचना जारी गर्दै साउन १ गते कर्णाली प्रदेशभित्रका सबै सरकारी कार्यालय तथा सार्वजनिक संघसंस्था बन्द रहने जनाएको छ ।

प्रदेश सरकारले यसअघि नै मन्त्रिपरिषद्बाट गरेको निर्णयअनुसार सार्वजनिक बिदा सम्बन्धी सूचना प्रकाशित गरेको हो । प्रदेश सचिव लक्ष्मीकुमार विकद्वारा जारी सूचनाअनुसार कर्णाली प्रदेश सरकार (मन्त्रिपरिषद्) ले २०८२ चैत २४ गते बसेको बैठकबाट साउने संक्रान्ति तथा देउडा पर्वका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

कर्णाली प्रदेश सरकारले प्रदेशको मौलिक संस्कृति, परम्परा र पहिचानसँग जोडिएको देउडा पर्वलाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले साउने संक्रान्तिका अवसरमा प्रत्येक वर्ष सार्वजनिक बिदा दिने व्यवस्था गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छ : उद्योगमन्त्री साह कांग्रेस महाधिवेशनको बन्दसत्रमा चार प्रतिवेदन पेस भुटानी शरणार्थीका सन्तानलाई विदेश जान रोक नलगाउन सर्वोच्चको आदेश यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय मन्त्रिपरिषद्को बैठक शुरू प्रधानमन्त्री बालेन्द्रको टिप्पणीप्रति विश्वप्रकाशको प्रतिक्रिया, भने– अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्छु शेयर बजार ओरालो, नेप्से २०.४८ अंकले घट्यो एक घण्टाको ब्रेकपछि कांग्रेस महाधिवेशनको बन्दसत्र पुनः सुरु वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दसैँअघि सञ्चालनमा ल्याउने इरानी दुई कूटनीतिज्ञलाई अमेरिकाले गर्‍यो निष्कासित राष्ट्र बैंकले ल्याउँदै ३० करोड थान नयाँ २ रुपैयाँका सिक्का विपद् र पार्टीभित्र एकताको प्रयासले महाधिवेशन कार्यतालिका प्रभावित भयो : गगन थापा कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह लगानीको वातावरण सुधार्न प्रक्रियागत झन्झट हटाउनुपर्छ : मन्त्री गौतम सभापति गगन थापाले केन्द्रीय समितिमा पेस गरे राजनीतिक प्रस्ताव अरिङ्गालको टोकाइबाट दुई बालकको मृत्यु, दुई गम्भीर घाइते मन्त्रिपरिषद बैठक बस्दै नेपाली बजारमा सुनको मूल्य घट्यो, चाँदीको बढ्यो दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइका लागि पेसी तोकियो