Skip to content
Friday, July 17, 2026 Nepali Online Media

ठग्न नपाएपछि आन्दोलन

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

असोज १२, काठमाडौं | वैशाखमा बा १ ज १९०८ नम्बरको ट्याक्सी चालकले मिटरमा जान नमानेको भन्दै यात्रुले ट्राफिक प्रहरीको ९८५१२९५१०० नम्बरको मोबाइलमा एसएसएस पठाए।

त्यसको केही दिनपछि सोही ट्याक्सी चालकले मिटरमा जान नमानेको भन्दै पुनः एक यात्रुले एसएमएस पठाए। एउटै ट्याक्सीका चालकलाई मिटरमा जान नमानेकोमा प्रहरीले तीनपटक कारबाही गर्‍यो ।

बा २ ज १८२६ नम्बरको ट्याक्सी चालकले मिटरमा जान नमानेपछि यात्रुले एसएमएसमार्फत उजुरी दिए । मिटरमा जान नमानेकै कसुरमा प्रहरीले यो ट्याक्सीका चालकलाई पनि तीनपटक कारवाही गर्‍यो ।

वैशाखदेखि मिटरमा जान नमान्ने, मोलमोलाई गर्ने र मिटर बिगार्ने ट्याक्सी चालकमाथि प्रहरीले कारवाही गर्न थालेपछि अहिले प्रत्येक दिन करिब १२ ट्याक्सी चालक कारवाहीमा पर्ने गरेका छन् ।

तर मंगलबार भने कुनै पनि ट्याक्सी चालक कारवाहीमा परेनन् । किनभने मंगलबार ट्याक्सी चालकहरुले ट्राफिक प्रहरीले चलाएको कारवाही अभियानको विरोधमा ट्याक्सी चलाएनन् ।

यात्रुले भनेको ठाउँमा जान नमान्ने, मिटरमा नगई मोलमोलाई गर्ने र मिटर बिगार्नेलाई गरिएको कारवाहीका विरोध गर्दै ट्याक्सी जाम गरिएको हो ।

उपत्यका ट्राफिक महाशाखाका डीआईजी प्रकाश अर्याल यात्रुलाई सहज तरिकाले गन्तब्यमा पुर्‍याउन अनुरोध गर्दा नमानेपछि कारवाही अभियान चलाएको बताउँछन् । ‘यो त ठग्न पाइएन भनेर गरेको आन्दोलन हो,’ उनले भने, ‘यात्रुलाई दुःख नदेऊ, मिटर नबिगार, मिटरमा उठेको भाडा लेऊ भन्दा आन्दोलन गर्ने कस्तो अचम्म ?’ जति आन्दोलन गरे पनि यात्रु ठग्नेलाई कडा कारबाही गरेरै छोड्ने उनले चेतावनी दिए। – कान्तिपुर