Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
June 6, 2023 समाज

नवलपरासीमा गोठमा सुतेका दम्पतीको बीभत्स हत्या

By साझासवाल 2 मिनेट पढाइ

जेठ २३, रुपन्देही | नवलपरासीको प्रतापपुर गाउँपालिकामा एक दम्पतीको बीभत्स हत्या भएको छ ।

गाउँपालिकाको वडा नं. ८ पथलहनी बस्ने ५५ वर्षीय तीलकराम भेडिहार र उनकी ५० वर्षीया श्रीमती निर्मला भेडिहारको बीभत्स हत्या भएको छ ।

जिल्ला प्रहरी कार्यालयका उपरीक्षक (एसपी) विनोद सिलवालले दिएको जानकारी अनुसार उनीहरूको सोमबार राति हत्या भएको हो ।

टाउकोमा धारिलो हतियार प्रयोग गरी हत्या भएको सिलवालले बताए । उनीहरूको घर गाउँकै बैरिहवामा भएपनि घरमा छोरीछोरीहरु बस्दै आएको उनीहरू भने गाईबस्तुको रेखदेख गर्न भन्दै गोठमा सुत्न गएका थिए ।

सोही गोठमा उनीहरूको हत्या भएको हो । हत्या भएपछि उनीहरूको शव आँगनमा फालिएको थियो । खेतीपाती गर्दै आएका दम्पतीको कसले हत्या गर्‍यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।