Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
June 11, 2023 समाज

अमेरिका र माल्टा पठाउँछु भन्दै ठगी गर्ने दुई जना पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

जेठ २८, काठमाडौँ | अमेरिका र माल्टा पठाउँछु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी आरोपमा दुई जनालाई पक्राउ गरेको हो ।

माल्टा पठाउने भनेर ठगी गरेको आरोपमा मुगुको छायाँनाथ रारा नगरपालिका-३ घर भएका ३४ वर्षीय प्रवीण खड्का र अमेरिका पठाउँछु भनेर ठगी गरेको आरोपमा उदयपुरको चौदण्डीगढी नगरपालिका-७ की ३७ वर्षीया सुनिता न्यौपाने श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

खड्काले २ जनालाई माल्टा पठाउँछु भन्दै ९ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । श्रेष्ठले अमेरिका पठाउने भन्दै ६ लाख २१ हजार रुपैयाँ ठगी गरेको पाइएको प्रहरीको भनाइ छ ।

पक्राउ परेका दुवै जनालाई कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।