पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>असार २, काठमाडौं | </b>ललितपुरमा आज बिहान बस दुर्घटना हुँदा १९ जना घाइते भएको छन् । लामाटारबाट लगनखेलतर्फ जादै गरेको बा२ख ८५८३ नम्बरको बस महालक्ष्मी नगरपालिका–१ बाहुनधारामा बिहान ५:३० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ललितपुरले बताएको छ । <br></p><p>प्रहरीका अनुसार बसमा गाडीमा २२ जना सवार रहेका थिए । गाडी दुर्घटनामा केही घाइते भएको छ । घाइतेमध्ये १८ जनाको बीएण्डबी अस्पतालमा उपचार भइरहेको छ भने एकजना किष्ट अस्पतालमा उपचारपछि घर फर्किएका जिल्ला प्रहरी कार्यालय ललितपुरले बताएको छ । </p>

