Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
June 20, 2023 समाज

नागरिकताका लागि आमरण अनसन बसेका रामकुमार शर्मा अस्पताल भर्ना

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असार ५, काठमाडौँ | नागरिकता समस्या समाधानको माग गर्दै आमरण अनसन बसेका माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार शर्मा अस्पताल भर्ना भएका छन् ।

पाँच दिनदेखि माइतीघर मण्डलमा आमरण अनसन बस्दै आएका नेता शर्माको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि रातिदेखि वीर अस्पतालमा भर्ना गरिएको हो । शर्माकी श्रीमती इन्दु शर्माले राति सुगर र प्लेटलेस बढेपछि सरकार पक्षले नै अस्पताल भर्ना गरेको बताइन् ।

उनले प्लेटलेस अलिअलि सुधार आए पनि सुगर कन्ट्रोलमा नआएको बताइन् । नेता शर्मा अझै आमरण अनसनमै नै छन् । डाक्टरले मुखबाट खाना खानका लागि आग्रह गरे पनि नेता शर्माले आफू आमरण अनसनमा बसेको कारण माग पुरा नभएसम्म खान नखाने अडान लिएका छन् ।

डिस्चार्ज भएमा  पुनः माइतीघरमा नै गएर अनसन बस्ने उनको तयारी रहेको छ । माइतीघरमा अनसन बस्दै आएका शर्मालाई त्यहाँ टेन्ट बनाउन दिइएन । पानीमा रुझ्दै भिज्दै अनसनलाई निरन्तरता दिएको कारण झन् बिरामी परेको श्रीमती शर्माले बताइन् ।

संसदबाट पारित नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको थियो । तर सर्वोच्च अदालतमा त्यस विरुद्ध परेको रिटमा सुनुवाइ हुँदा अदालतले मुद्दामा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । त्यसपछि नेता शर्माले माइतीघरमा आमरण अनसन सुरु गरेका थिए ।