असार ६, काठमाडौँ | काठमाडौं महानगरपालिकाले बन्द गराएको हिसान शैक्षिक मेला नरोक्न उच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र रमेश ढकालको संयुक्त इजलासमा भएको दोहोरो बहसपछि हिसान शैक्षिक मेला बन्द नगर्न आदेश भएको हो ।

शैक्षिक मेला सुरू भएकै दिन महानगरपालिकाका मेयर बालेन शाहको निर्देशनमा गएका नगर प्रहरीले मेलास्थल खाली गराएका थिए ।

June 21, 2023
समाज
हिसान शैक्षिक मेला नरोक्न मेयर बालेन शाहलाई उच्च अदालतको अन्तरिम आदेश
By साझासवाल
1 मिनेट पढाइ