पढ्न करिब 1 मिनेट लाग्छ

असार १६, काठमाडौँ | आज असार १६ गते नेपालमा संसद दिवस मनाइँदैछ। हरेक वर्ष संसदको पहिलो बैठक बसेको दिनको सम्झनामा संसद दिवस मनाउने गरिन्छ।

नेपालमा आज विभिन्न कार्यक्रम गरेर संसद दिवस मनाइँदैछ। नेपालले २०१६ साल असार १६ गते संसदको पहिलो बैठक बसेको सम्झनामा यो दिवस मनाउँदै आएको छ।

यस दिवसको अवसरमा पूर्व सांसद मञ्चले आयोजना गर्ने कार्यक्रमलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नेछन्।