असार १६, काठमाडौँ | देशका धेरै ठाउँमा पानी परिरहेको छ । काठमाण्डौ उपत्यकासहित देशका बिभिन्न ठाउँमा पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
लगातार परेको पानीले केहि ठाउँमा बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ । । महाशाखाका अनुसार शनिबार स्याङजा, दाङ, रुपन्देही, पाल्पा र नवलपुरमा बाढीको उच्च जोखिम रहेको बताएका छन् । यी जिल्ला भएर बग्ने खोलामा आकस्मिक बाढी तथा डुवान हुन सक्ने भएकाले नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन पनि बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
यस्तै आज (शनिबार) इलाम, झापा, मोरङ, सुनसरी, मकवानपुर, चितवन, पर्सा, तनहुँ, गुल्मी, अर्घाखाँची, प्यूठान, कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा र आसपास भई बहने साना खोला तथा नदीमा पनि जोखिम रहेको महाशाखाले जनाएको छ ।