Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
July 5, 2023 समाज

इटहरीमा टिपरको ठक्करबाट आमाछोरीको मृत्यु, ब्याक गरेर मारेको स्थानीयको आरोप

By साझासवाल 2 मिनेट पढाइ

असार २०, काठमाडौँ | इटहरीमा टिपरको ठक्करबाट आमाछोरीको मृत्यु भएको छ।

मंगलबार अपराह्न धरानबाट पूर्वतर्फ जाँदै गरेको ना १ क ९१०७ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको स्कुटरलाई ठक्कर दिएको प्रहरीले बताए । मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका-८ की ४२ वर्षीया सरिता चौधरी र उनकी छोरी २२ वर्षीया अनुशा रहेको प्रहरीले जनाएको छ | टिपर चालकले ब्याक गरेर २ जनालाई मारेको स्थानीयहरुले आरोप लगाएका छन् |

दुर्घटनामा गम्भीर घाइते सरितालाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो भने अनुशालाई न्यूरो अस्पताल विराटनगर लगिएको थियो। उनीहरूको उपचार क्रममा मृत्यु भएको हो।

दुर्घटनपछि केही समय इटहरी तनावग्रस्त बनेको थियो।टिपरले ब्याक गरेर मान्छे मारेको भन्दै स्थानीयले टिपर तोडफोड र नाराबाजी गर्दै प्रदर्शन गरेका थिए | झडपमा प्रहरीतर्फ ९ जना र केही प्रदर्शनकारी पनि घाइते भएका थिए।