असार २१, ललितपुर | काठमाडौँको ठमेलस्थित लर्ड अफ द ड्रिंक्स (एलओडी) क्लबमा पुगेकी नाबालिग बलात्कृत भएपछि प्रहरीले क्लबका सञ्चालकहरुविरुद्ध पक्राउ अनुमति लिएको छ । जिल्ला प्रहरी परिसर ललितपुरले ललितपुर जिल्ला अदालतबाट क्लबका दुईजना सञ्चालक रुदिल श्रेष्ठ र राजुसिंह सुवालविरुद्ध पक्राउ अनुमति लिएको हो ।
३० जेठमा एलओडी क्लब गएकी १५ वर्षीया बालिकालाई ललितपुर लगेर बलात्कार गरेको आरोपमा पोखरा घर भइ ललितपुरको बागडोल बस्ने ५० वर्षीय सुदनबहादुर कोइराला पक्राउ गरेको जिल्ला प्रहरी परिसर, ललितपुरले बताए ।
उनका अनुसार ३१ जेठमा बिहान बागडोलस्थित कार्यालयमा बलात्कृत भएको भन्दै पीडितले प्रहरी कहाँ किटानी जाहेरी दिएकी थिइन्।
नाबालिगलाई एलओडी प्रवेश दिएको विषयलाई लिएर प्रहरीले क्लबका सञ्चालक रुदिलवल्लव श्रेष्ठ र राजुसिंह सुवालमाथि अनुसन्धान थालेको हो । उनीहरुविरुद्ध जिल्ला अदालत, ललितपुरबाट पक्राउ पूर्जी लिएर प्रहरीले खोजी गरिरहेको छ |