<p><b>असार २२, काठमाडौं | </b>नाबालिकालाई क्लबमा प्रवेश दिएको आरोपमा ठमेलको एलओडी क्लबका सञ्चालकहरुलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार रुदिल बल्लाभ श्रेष्ठ पक्राउ परेका हुन् भने बिहीबार अर्का सञ्चालक राजुसिंह सुवाल पक्राउ परिसकेका छन् । उनीहरुलाई बालबालिका सम्बन्धि ऐन २०७५ उल्लंघन गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।</p><p>क्लब(लर्ड अफ ड्रिंक्स) मा पुगेकी नाबालिका बलात्कार गरेको आरोपमा पोखरा घर भइ ललितपुरको बागडोल बस्ने ५० वर्षीय सुदन कोइरालालाई पक्राउ गरेको छ। गत जेठ ३० गते कोइरालाले आफ्नो गाडीमा लगेर बलात्कार गरेको आरोप लागेको छ ।</p><p>नाबालिकाको परिवारले गत जेठ ३१ गते प्रहरीकहाँ किटानी जाहेरी दिएका थिए ।</p>
July 7, 2023
समाज
नाबालिग बलात्कार प्रकरण: एलओडी क्लबका दुवै सञ्चालक पक्राउ
By साझासवाल
2 मिनेट पढाइ










