पढ्न करिब 1 मिनेट लाग्छ

असार २९, बैतडी | बैतडीमा हजुरबुवाको कुटपिटबाट एक दुई वर्षीय नातिको मृत्यु भएको छ | भने अर्का आठ बर्षीय नाती गम्भीर घाइते भएका छन्। बैतडी जिल्लाको पुर्चौडी नगरपालिका-६ मुडेलीधारमा ५० वर्षका गणेश साउदको कुटपिटबाट रोसन साउदको मृत्यु भएको हो भने रिजन साउद गम्भीर घाइते भएका हुन् ।

कुटपिटबाट घाइते भएका दुवै बालकहरुको टाउकोमा गम्भीर चोट लागेको थियो । उपचारका लागि दुवै जनालाई डडेल्धुरा अस्पताल लागेको थियो | कुटपिटबाट गम्भीर घाइते भएका रेशमको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । अर्को गम्भीर घाइते रिजनलाई राती नै धनगढीस्थित नवजिवन अस्पताल ल्याएको थिए |

उनको नवजीवन अस्पताल धनगढीमा आईसियुमा राखेर उपचार भइरहेको छ । उनको अवस्था समेत गम्भीर रहेको प्रहरीले जनाएको छ ।

बिहीबार बालकका आमा र हजुरआमा घाँस काट्न गएको बेला हजुरबुबाले कुटपिट गरेका थिए । कुटपिट गर्नुको कारण भने खुलेको छैन। कुटपीट गर्ने गणेश साउदलाई पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।