<p><b>असार ३, काठमाडौँ | </b>काठमाडौंबाट काभ्रेको धुलिखेल जादै गरेको बस साँगामा दुर्घटना भएको छ । काठमाडौंबाट धुलिखेलतर्फ जाँदै गरेको काभ्रे काठमाडौँ यातायातको बा ३ ख ९३९६ नम्बरको नगर बस साँगामा दुर्घटना भएको हो ।<br></p><p>दुर्घटनामा ६ जना यात्रु घाइते भएका छन् । साँगाको पुलमुनि भीरबाट बस अन्दाजी २५ मिटर तल खसेको बनेपा प्रहरीले जनाएको छ ।</p><p>दुर्घटनामा घाइते यात्रुको उद्दारपछि भक्तपुरको नयाँठिमीस्थित मध्यपुर अस्पतालमा भर्ना गरिएको प्रहरीले बताए । </p>
July 19, 2023
समाज
काठमाडौँबाट काभ्रेको धुलिखेल जाँदै गरेको बस साँगामा दुर्घटना
By साझासवाल
1 मिनेट पढाइ










