Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
July 29, 2023 समाज

राेल्पामा विषालु च्याउ खाएर बिरामी परेकी एक महिलाकाे ज्यान गयाे

By साझासवाल 2 मिनेट पढाइ

साउन १३, दाङ । रोल्पामा विषालु च्याउ खाएर बिरामी भएकी एक महिलाकाे ज्यान गएको छ । विषालु च्याउको तरकारी खाँदा बिरामी भएकी लुङ्ग्री गाउँपालिका-५ बुझिङकी २६ वर्षीया बिमला विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको  छ।

असार २६ गते विषालु च्याउ खाँदा बिमलासहित सात वर्षीया राेशनी विक, २४ वर्षीया दिलमाया विक, ६ वर्षीया आकृति विक र २३ वर्षीया ऋतु विक बिरामी परेका थिए । बिरामीपरेकामध्ये बिमलाकाे आज शनिवार बिहान उपचारका क्रममा ज्यान गएकाे हाे ।

च्याउ खाएर बिरामी परेका उनीहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचार सम्भव नभएपछि असार ३१ गते लुम्बिनी सिटी हस्पिटल बुटवल लगिएकाे थियाे ।  त्यही परिवारकै ‍सात वर्षकी रोशनी विकको भने श्रावण २ गते उपचारका क्रममा ज्यान गएको थियो ।

यस्तै, विषालु च्याउ खाएर बिरामी परेका त्यही ठाउँका ३५ वर्षीया भीमा गुरुङ, ११ वर्षीय सुशील गुरुङ र ६ वर्षीय प्रेम गुरुङको असार २५ गते ज्यान गएको थियो ।