२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सेउती पुल नजिकै गोली हानी हत्या : थप दुई जना पक्राउ

२०८०, १९ श्रावण शुक्रबार ०८:४०

साउन १९, विराटनगर | दुई साताअघि सुनसरीको धरान–इटहरी सडक खण्डको सेउती पुल नजिकै भएको लुटपाट एवं गोली प्रहार घटनामा संलग्न भएको आरोपमा थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन ५ मा भएको उक्त लुटपाटको प्रतिकारको क्रममा लुटेराले हानेको गोली लागेर घाइते भएका विराटनगर–५, कोचाखालका २८ वर्षीय रोहित चौधरीको उपचारको क्रममा सोही दिन मृत्यु भएको थियो ।

कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार धरान–८ बस्ने झापा भद्रपुर नगरपालिका–१ का ३० वर्षीय प्रकाश लिम्बू र विराटनगर–१५ का ४१ वर्षीय अजयकुमार शर्मालाई बिहीबार पक्राउ गरिएको हो । पक्राउ परेकामध्ये शर्माको घटनामा प्रयोग भएको पेस्तोल बेचबिखनमा भूमिका रहेको प्रहरीले जनाएको छ । उनी लागूऔषध मुद्दामा ४ वर्ष ८ महिना कैद भुक्तान गरी ४ महिना अगाडि छुटेको प्रहरी अनुसन्धानमा खुलासा भएको छ ।

उक्त घटनामा संलग्न मोरङको लेटाङ नगरपालिका–१ का ३५ वर्षीय दीपक तिमिल्सिना र धरान–१० का ३४ वर्षीय अनसन तामाङलाई १६ साउनमा प्रहरीले पक्राउ गरेको थियो । श्रृंखलाबद्ध लुटमा संलग्न रहेर पक्राउ परेका उनीहरुबारे इलाका प्रहरी कार्यालय इटहरीबाट थप अनुसन्धान भइरहेको छ ।

अनुसन्धानबाट खुलासा भए अनुसार पक्राउ तिमिल्सिना र राईको यसअघि ८ असारमा धरान–१७ को खैरेनी जंगलमा एक महिलासँग, २३ असारमा धरानबाट मोटरसाइकलमा प्रकाशपुर गइरहेका दम्पतीसँग र ३१ असारमा धरानबाट कालाबञ्जार जाँदै गरेका अर्का एक व्यक्तिसँग लुटपाटमा संलग्नता देखिएको छ ।

प्रहरीका अनुसार पक्राउमध्ये तिमिल्सिना जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद भुक्तान गरी दुई महिनाअघि मात्र छुटेका थिए । तामाङ लागूऔषध मुद्दामा ६ महिना सजाय भुक्तान गरी दुई वर्ष अगाडि छुटेका थिए । दुवै जना लागूऔषध दुर्व्यसनी भएको अनुसन्धानको क्रममा खुलेको छ । उनीहरुबाट एउटा अटोमेटिक चिनियाँ पेस्तोल, ९ राउन्ड गोली, २ म्यागजिन, १ गोलीको खोका, ५ कालो झोला, ४ लेडिज ब्याग, दुई खुकुरी, ५ मोबाइल र १ औंठी बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै