Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
August 6, 2023 समाज

३ महिनामा नेपालबाट ५५ जना विदेशी निष्काशित, आधा चिनियाँ

By साझासवाल 2 मिनेट पढाइ

<p><b>साउन २१, काठामाडौँ ।</b> गत वैशाखदेखि असारसम्मको तीन महिनाको अवधिमा नेपालबाट ५५ जना विदेशी नागरिक नेपालबाट निष्काशनमा परेका छन् । यसरी निष्काशनमा पर्नेमध्ये आधा चिनियाँ नागरिक रहेको अध्यागमन विभागको तथ्यांकमा उल्लेख छ ।<br></p><p>विभागका अनुसार वैशाख २०८० देखि असारसम्म २१ जना चिनियाँ नागरिक नेपालबाट निष्काशनमा परेका छन् । नेपालमा गैरकानुनी गतिविधिमा संलग्न र भिसा अवधि सकिएपछि पनि ओभरस्टेमा परेका विदेशीहरु नेपालबाट निष्काशनमा पर्ने गरेका छन् ।</p><p>निष्काशनमा पर्नेको दोस्रो स्थानमा अमेरिकी नागरिक छन् । उनीहरुको संख्या ७ रहेको छ । यमनका ४ जना, बेलायतका ३ र दक्षिण कोरिया, पाकिस्तान, रुस, क्यामरुन, बंगलादेश र श्रीलंकाका २/२ जना व्यक्ति असारयता निष्काशनमा परेका छन् । भुटान, घाना, इरान, इटाली, पोर्चुगल, फ्रान्स, सुडान, क्यानडा र जर्मनीका १/१ जना व्यक्ति समेत निष्काशित भएको विभागले जनाएको छ ।</p>