Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
August 7, 2023 समाज

संसदीय समिति सभापतिको भागबन्डा: रास्वपा र राप्रपाले पाएनन्, अरु कसलाई कति?

By साझासवाल 3 मिनेट पढाइ

साउन २२, काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी संसदीय दलको बैठकमा संसदीय समितिको सभापतिको भागबन्डा मिलिसकेको जानकारी गराएका छन् ।

सिंहदरबारस्थित दलको कार्यालयमा बसेको बैठकमा प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले संसदीय समितिको सभापतिको भागबण्डा मिलिसकेको जानकारी गराएको सांसद माधव सापकोटाले जानकारी दिए ।

उनका अनुसार कांग्रेसलाई ४, एमालेलाई ३, माओवादी केन्द्रलाई २, नेकपा एकीकृत समाजवादीलाई १, जनता समाजवादी पार्टीलाई १ र जनमत पार्टीलाई १ समितिको नेतृत्व गर्नेछन् ।

सभापतिको भागबन्डा मिलिसकेकाले अब चाँडै समितिले सभापति पाउने भएको छ । समिति गठन भएको महिनौं बितिसक्दासमेत अहिलेसम्म दलहरूबीच बाँडफाँटमा कुरा नमिल्दा समितिले सभापति पाउन सकेको थिएन । तर, सभामुख देवराज घिमिरेले समितिको नेतृत्व छिटो चयन गर्न ताकेता गर्दै आएका थिए ।

सत्ता र प्रमुख प्रतिपक्षी दलले समितिको सभापतिको नेतृत्व गर्ने सहमति भएपनि प्रतिनिधिसभामा २० सीट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी र १४ सीट भएको राप्रपाले भने पाएनन् ।