Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
August 13, 2023 समाज

आठ बंगलादेशी नागरिकलाई अपहरण गरेको आरोपमा सात जना पक्राउ

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन २८, काठमाडौँ |  बंगलादेशी नागरिकलाई अपहरण गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आठ बंगलादेशी नागरिकलाई अपहरण गरेको आरोपमा सात जनालाई पक्राउ गरेको छ। आइतबार कार्यालयले पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरूलाई सार्वजनिक गरेको हो।

पक्राउ पर्नेहरूमा बंगलादेश गाजीपुर घर भई काठमाडौं महानगर-९ कालिमाटीडोल बस्ने ४७ वर्षीय अमिर होसेन, बंगलादेश बरिसाल घर भई ललितपुर महानगर-२८ हरिसिद्दी बस्ने ३७ वर्षीय मोहम्मद मोशिउर रहमान, बंगलादेश कुमिल्ला घर भई हरिसिद्दी बस्ने ३८ वर्षीय सलिम मिया र उनकी श्रीमती सिन्धुपाल्चोक घर भएकी २७ वर्षीय तारा नेपाली छन्।

त्यस्तै बंगलादेश ढाका घर भई काठमाडौं हाँडीगाउँ बस्ने २१ वर्षीया ताहमिना बेगम, ढाका घर भई काठमाडौं कपुरधारा बस्ने ३४ वर्षीय जाहङगिर आलम र इलाम घर भई काठमाडौंको नक्साल बस्ने ३३ वर्षीया रोशनी राई छन्।

प्रहरीले आठ जनालाई उद्धार समेत गरेको छ। प्रहरीले अपरेशन ब्राभो किलो चलाएर सात जनालाई पक्राउ गरेको हो।  प्रहरीले उनीहरूमाथि थप अनुसन्धान अघि बढाएको छ।