Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
August 13, 2023 समाज

एक लाख घुससहित इन्जिनियर रंगेहात पक्राउ, पौने दुई लाखको चेक पनि बरामद

By साझासवाल 2 मिनेट पढाइ

साउन २८, धनुषा | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख रुपैयाँ घुससहित इन्जिनियर र अर्का एक व्यक्तिसहित दुईजनालाई रंगेहात पक्राउ गरेको छ।

धनुषाको सहिदनगर नगरपालिकामा कार्यरत इन्जिनियर रमेशकुमार चौधरी र उनका साथी गुरुदेव यादव एक लाख घुससहित पक्राउ परेका हुन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिएको टोलीले उनीहरूलाई नगरपालिकाको वडा नं. ३ स्थित पशु सेवा केन्द्रको भवनबाट पक्राउ गरेको हो। उनीहरूको साथबाट एक लाख ७५ हजार चेक पनि अख्तियारको टोलीले बरामद गरेको छ।

उनीहरूले नगरपालिकामा वाल निर्माण कार्य सम्पन्न पश्चात् भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस लिएको अख्तियारले जनाएको छ। नियन्त्रणमा लिएर उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ।