Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
August 15, 2023 समाज

काठमाडौंको ब्राइट होराइजन चिल्ड्रेन स्कूलमा बालिका बलात्कृत, लेखापालविरुद्ध मुद्दा दर्ता

By साझासवाल 3 मिनेट पढाइ

साउन ३०, काठमाडौँ | काठमाडौंको चन्द्रागिरी नगरपालिका–८ मातातीर्थमा रहेको ब्राइट होराइजन चिल्ड्रेन स्कूलमा अध्ययनरत १ बालिका बलात्कृत भएकी छन्। बलात्कार आरोपमा पक्राउ परेका सोही स्कूलका लेखापाल ३० वर्षीय संगम चापागाईँविरुद्ध मुद्दा दर्ता गरिएको छ।

उक्त स्कूलमा पढ्दै आएकी बालिका सोही स्कूलको होस्टलमा बस्दै आएकी थिइन्। ती बालिकामा मानसिक समस्या देखिएपछि पाटन अस्पतालमा उपचार गराइएको थियो। सो क्रममा केही तनाव रहेको हुनसक्ने भन्दै डाक्टरले सोधपुछ गरेपछि ती बालिकाले आफूमाथि बलात्कार हुँदै आएको कुरा बताएकी थिइन्।

एक वर्षदेखि आफूमाथि सोही स्कूलका लेखापाल चापागाईंले बलात्कार गर्दै आएकी बालिकाले बताएकी छिन्। ललाइ–फकाइ आफ्नै कार्यकक्षमा लेखापालले बलात्कार गरेको र उक्त कुरा बाहिर कसैलाई नभन्नु भन्दै धम्की समेत दिएको बालिकाले बताएकी थिइन्।

बालिकाले आफूमाथि बलात्कार भएको बताएपछि उनको परिवारले प्रहरी वृत्त थानकोटमा उजुरी दिएका थियो। त्यसपछि  लेखापाललाई पक्राउ गरी अनुसन्धान गरिएको थियो।

प्रहरीले अनुसन्धान सकेर बलात्कार कसुरमा मुद्दा चलाउनुपर्ने रायसहित जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। प्रहरीको अनुसन्धानअनुसार चापागाईँविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको हो।