पढ्न करिब 1 मिनेट लाग्छ

साउन ३१, काठमाडौं | ललिता निवास प्रकरणमा पक्राउ परेकाहरूलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँले थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको केन्द्रीय अनुसन्धान ब्युरोले जानकारी दिएको हो ।

ब्युरोले भाटभटेनी सुपर मार्केटका सञ्चालक ६९ वर्षीय मीन बहादुर गुरुङ र पूर्व निर्वाचन आयुक्त ६९ वर्षीय सुधीरकुमार शाहसहित विभिन्न व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । असार १२ मा गुरुङल पक्राउ परेका थिए ।

पक्राउ परेकाहरुमाथि प्रहरीले ‘संगठित किर्ते’ मुद्दामा अनुसन्धान गरिरहेको छ ।

यसैबीच ललिता निवासको जग्गा घोटाला प्रकरणमा पक्राउ परेकामध्ये दुई जना भने रिहा भएका छन् ।

मालमोत कार्यालय डिल्ली बजारका तत्कालीन अधिकृत धर्मप्रसाद गौतम र समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे रिहा भएका हुन् ।

स्वास्थ्यका कारण उनीहरुलाई रिहा मुद्दा बुझाउने दिन पेश गर्नेगरी बुधबार रिहा गरिएको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

सो प्रकरणमा पक्राउ परेका अन्यलाई भने आजै काठमाडौँ जिल्ला अदालतबाट थप ५ दिन म्याद थप भएको उनको भनाइ छ।