Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
August 17, 2023 समाज

मोबाइल मात्रै हेर्ने भन्दै बुहारी कुट्ने ससुरा प्रहरी नियन्त्रणमा

By साझासवाल 8 मिनेट पढाइ

साउन ३२,  काठमाडौँ | बर्दियामा बुहारी कुट्ने ससुरालाई प्रहरीले पक्राउ गरेको छ।

बारबर्दिया नगरपालिका–११ विजयनगरकी २५ वर्षीया प्रमिला थारूलाई उनका ससुरा ५३ वर्षीय भर्थरी चौधरीले कुटपिट गरेको भिडिओ सार्वजनिक भएपछि प्रहरीले उनलाई बिहीबार बिहान नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय बासगढीका प्रमुख प्रहरी निरीक्षक सुधिर खड्काले सामाजिक सञ्जालमा बुहारीमाथि ससुराले घरबाट निकाल्दै सडकसम्म कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा देखेपछि घटना अनुसन्धानका लागि ससुरा भर्थरीलाई बिहान साढे ११ बजेतिर नियन्त्रणमा लिइएको  बताए। खड्काका अनुसार घटना बुधबार बेलुका चार बजेतिरको हो।

जतिखेर प्रमिलाले घरभित्र मोबाइलमा भिडिओ हेरिरहेकी थिइन्। ससुरा भर्थरी मदिराले मातेका थिए। मदिराले मातेका ससुराले एकाएक बुहारीको हातबाट मोबाइल खोसेका थिए। त्यसपछि उनीहरूका बीचमा भनाभन भएको थियो। भनाभनकै क्रममा ससुरा आक्रोशमा आएर बुहारीमाथि कुटपिटमा उत्रिएको प्रहरी अधिकारीहरू बताउँछन्। उनले बुहारीलाई  घर भित्रबाट कुट्दै बाहिर सड्कसम्म लखेट्दै कुटपिट गरेको भिडिओ पनि सार्वजनिक भएको छ।

‘ससुरा भर्थरीले त्यो देखेर तैंले मोबाइल मात्रै हेर्ने भन्दै एकाएक हात खुट्टाले कुट्दै घरबाट सडकमा लगेर समेत कुटेको भन्ने छ,’ प्रहरी निरीक्षक खड्काले भने, ‘भिडिओमा पनि सडकमा प्रमिलामाथि कुटपिट भइरहेको दृष्य देखिन्छ।’

भर्थरीकी श्रीमतीसहित अन्य दुई तीन जना छिमेकी महिलाले भर्थरीलाई रोक्न प्रयास गरे पनि उल्टै भर्थरी ती महिलाविरूद्ध पनि जाइलाग्न खोजेको भिडिओमा देखिन्छ। ससुराको कुटाइबाट बुहारी सामान्य घाइते भएकी छन्।

‘उहाँको देखिने गरी बाहिरी घाउ चोट देखिँदैन,’ प्रहरी निरीक्षक खड्काले भने, ‘तर, भित्री चोट छ भन्ने कुरा गर्नु हुन्छ, ढाड र शरीरमा लात्ताले हिर्काएको भन्नेछ।’

घाउ चेक जाँच गर्न बाँकी रहेको पीडित प्रमिलाले सार्वजनिक रूपमै आफूमाथि कुटपिट गर्ने ससुराविरूद्ध उजुरी दिँदै छिन्।भर्थरीविरूद्ध कुन शिर्षकमा मुद्दा चलाउने भनेर सरकारी वकिलसँग छलफल भइरहेको प्रहरी निरीक्षक खड्काले बताए।

एक वर्ष पहिले पनि ससुराले आफूमाथि त्यसैगरी कुटपिट गरेको उनले प्रहरीसमक्ष बयान दिएकी छन्।

प्रमिलाका श्रीमान सन्तराम चौधरी लेबरी गर्न ताप्लेजुङमा रहेको कुरा खुले पनि उनीसँग फोन सम्पर्क हुन नसकेको प्रहरी निरीक्षक खड्काले जानकारी दिए।

सहकारीबाट बुहारी प्रमिलाले ऋणस्वरूप २५ हजार रुपैयाँ लिएको र त्यो कर्जा ससुरा भर्थरीले तिर्नु परेको हुँदा पनि भर्थरीले बुहारीमाथि रिस साँधेकोजस्तो कुरा प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी अधिकारीहरूले बताएका छन्।

‘मुद्दा दर्तापछि घटनाको थप अनुसन्धान हुनेछ र दोषीलाई कानुनबमोजिम कारबाही हुनेछ,’ प्रहरी निरीक्षक खड्काले भने, ‘कुन शिर्षकमा मुद्दा चलाउने भन्नेबारे केहीबेरमै टुंगो लाग्नेछ।’

‘पठान’को सफलतापछि बलिउडका बादशाह शाहरुख खान आफ्नो नयाँ फिल्म ‘जवान’लाई लिएर उत्साहित छन् । आगामी सेप्टेम्बर ७ रिलिज हुने तयारीमा रहेको फिल्मले बक्स अफिसमा नयाँ रेकर्ड राख्ने प्रक्षेपण गर्न थालिएको छ ।

अहिले सिनेमा हलहरुमा ‘गदर २’ र ‘ओह माइ गड २’ उत्साहजनक कमाइ गरिरहँदा शाहरुखको फिल्मले पनि राम्रो व्यापार गर्न सक्ने बलिउड व्यापार विश्लेषकहरुले बताएका छन् ।

यस्तोमा ३०० करोड भारुमा बनेको ‘जवान’लाई लगानी उठाउन पनि उछाल कमाइ गर्नुपर्ने चुनौती छ । शाहरुखको पछिल्लो फिल्म ‘पठान’लाई अहलेसम्मको सबैभन्दा महंगो ग्रान्ड एक्सन फिल्म मान्ने गरिएको छ । अब यसको रेकर्ड तोड्नका लागि ‘जवान’ सिनेमा हलहरुमा आउन लागेको शाहरुखले बताउँदै आएका छन् ।

एटली निर्देशित फिल्ममा शाहरुखका साथै विजय सेतुपति, नयनतारा, प्रियामणि, सान्या मल्होत्रा र रिद्धि डोगराको मुख्य भूमिका छ । यो एक्सन इन्टरटेनर फिल्ममा दीपिका पादुकोण पनि विशेष भूमिकामा देखिंदैछिन् ।

रेड चिल्लीज इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्ममा गौरी खान निर्माता र गौरव वर्मा सहनिर्माता छन् । फिल्म हिन्दीका साथै तमिल र तेलुगू भाषामा समेत रिलिज हुनेछ ।