२१ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नक्कली भुटानी शरणार्थीमा प्रकरणमा थुनामा रहेका १० जनाको मुद्दा एकै साथ राखेर हेर्न उच्चको आदेश

३२ श्रावण २०८०, बिहीबार ११:४९

साउन ३२,  काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्‍ला अदालतको आदेशविरूद्धका मुद्दा एकै साथ राखेर हेर्न उच्च अदालतले आदेश दिएको छ। 

बिहीबार न्यायाधीश हरिप्रसाद पौडेल र किरणकुमार पोखरेलको संयुक्त इजलासले विभिन्न मितिमा परेका निवेदनलाई एकै साथमा राख्न आदेश दिएको हो। 

बिहीबार पेशीमा १० जना प्रतिवादीका छुट्टाछुट्टै मुद्दा चढेका थिए। 

नरेन्द्र केसी, टेकनारायण पाण्डे, सानु भण्डारी, आङटावा शेर्पा, इन्द्रजित राई, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, सन्देश शर्मा, शमशेर मिया र गोविन्‍द चौधरीले छुट्टाछुट्टै मुद्दा दिएका छन्। 

यी सबै जनाको निवेदन एकैसाथ राखेर हेर्न इजलासले आदेश दिएको हो। 

नरेन्द्र केसी र टेकनारायण पाण्डेले साउन १२ गते निवेदन दिएका थिए। अन्यले भने साउन १७ गते निवेदन दिएका थिए। 

अन्य प्रतिवादीहरूले पनि पुर्पक्षविरूद्ध निवेदन दिएका छन्। 

लक्ष्मी महर्जनलाई जिल्ला अदालतले ५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो। उनले पनि उच्च अदालतमा उक्त आदेशविरूद्ध निवेदन दिएकी थिइन्। 

सोमबारमात्रै यो प्रकरणमा थप १८ जना पीडितले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा जाहेरी दिएका छन्।

१८ जना पीडितहरूबाट करिब एक करोड ८५ लाख ९२ हजारभन्दा बढी ठगी गरेको भन्दै जाहेरीमा उल्लेख गरेका छन्।

१८ जना पीडितले तीन वटा किटानी जाहेरी दिएका हुन्।

जिल्ला अदालत काठमाडौंले असार १ गते नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका २० जनामध्ये ३ जनालाई पुर्पक्षका लागि धरौटीमा छोडेको थियो। 

बाँकी १७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको थियो। 

यस प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वसभासद आङटावा शेर्पा, सानु भण्डारी, केशव दुलाल, सागर राई, सन्देश शर्मा, इन्द्रजित राई, सन्दीप रायमाझी, नरेन्द्र केसी, गोविन्दकुमार चौधरी, रामशरण केसी, शमशेर मियाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, हरिभक्त महर्जन र आशिष बुढाथोकी पुर्पक्षका लागि थुनामा छन्। 

अदालतले टंक गुरूङलाई १० लाख, लक्ष्मी महर्जनलाई ५ लाख र केशव तुलाधरसँग १५ लाख रुपैयाँ धरौटी माग गरेको थियो। 

केशव तुलाधर धरौटी रकम बुझाए पनि ललिता निवास प्रकरणको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरूद्ध २०८० जेठ १० गते सरकारी वकिलको कार्यालयले ठगी, लिखत कीर्ते, राज्यविरूद्ध र संगठित अपराधको कसुरको मुद्दा दर्ता गराएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै