२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अनुदानदेखि निःशुल्क शिक्षा प्यूठान नगरपालिकाको प्राथमिकतामा

२०८०, ९ भाद्र शनिबार ०९:२६

भदौ ९, काठमाडौँ | नेपालको संविधानले स्थानीय तहलाई सेवा प्रवाहको मेरुदण्डका रुपमा परिभाषित गरेको छ । संविधानले पालिकालाई ‘स्थानीय सरकार’ का रुपमा व्याख्या गर्दै अधिकार सम्पन्न बनाएको छ । संविधानको अनुसूची ८ ले कृषि, आधारभूत स्वास्थ्य तथा शिक्षा, स्थानीय पूर्वाधार निर्माणलगायत अधिकार स्थानीय सरकारको क्षेत्राधिकारभित्र पर्ने भनी स्पष्ट पारेको छ । 

संविधानमा उल्लेख भएअनुसार स्थानीय सरकारले आफूलाई सेवा प्रवाहमा केन्द्रित गरेका छन् । कतिपय पालिकाले स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधारलगायत क्षेत्रमा नमूना प्रस्तुत गरेका छन् । प्यूठान नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषिलगायत क्षेत्रलाई उच्च प्राथमिकतामा दिँदै कृषिजन्य उत्पादनमा आत्मर्निभर हुने लक्ष्य राखेको छ । 

नगरपालिकाले अभिभावकविहीन बालबालिकालाई निःशुल्क शिक्षा, किसानलाई प्रोत्साहनस्वरुप उत्पादनमा अनुदान, सुत्केरी तथा ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा प्रदानलगायत नमूना कार्य अगाडि सारेको छ । नगरपालिकाका प्रमुख विष्णुबहादुर योगीले शिक्षा क्षेत्रमा सुधार गर्नुपर्ने मान्यताका साथ शैक्षिक सुधारमा केन्द्रित भएको बताए ।

“समुदाय र अभिभावकले विश्वास गर्नसक्ने शिक्षा प्रदान गर्न थालिएको छ”, उनले भने । यही शैक्षिकसत्रदेखि अभिभावकविहीन बालबालिकालाई कक्षा १ देखि १२ सम्म आवासीय सुविधासहित निःशुल्क शिक्षा प्रदान गर्न थालिएको छ ।

नगरपालिकाले कृषिलाई पनि उच्च प्राथमिकता दिएको उनको भनाइ छ । किसानलाई उत्पादनसँग जोड्न विभिन्न कार्यक्रम सञ्चालन गरिएका छन् । नगरपालिकाले अहिले कृषकले उत्पादन गरेका वस्तुलाई अनुदान दिन सुरु गरेको छ । पालिकाले दुग्ध उत्पादक किसानलाई प्रतिलिटर रु १० अनुदान दिन थालेको छ । 

पालिकाले तरकारीलगायत कृषिजन्य उत्पादनमा पनि अनुदान दिने तयारी गरेको छ । “कृषिजन्य उत्पादनमा अनुदान दिन नगरपालिकाले कार्यविधि बनाइरहेको छ, कार्यविधि निर्माणपछि किसानसँग सम्झौता गर्ने तयारी छ”, योगीले भने । उत्पादनका आधारमा अनुदान दिन थालेपछि किसानमा उत्साह बढेको छ । “दूध र तरकारीमा आत्मनिर्भर बनाउने नीति छ”, उनले भने ।

नगरवासीलाई आधारभूत स्वास्थ्य सेवा प्रवाह गर्न दक्ष जनशक्ति, आवश्यक पूर्वाधारलगायत संरचनाको व्यवस्था गरिएको  छ । पालिकाले सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । “ज्येष्ठ नागरिक, आर्थिकरुपले विपन्न नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको छ”, प्रमुख योगीले भने, “ज्येष्ठ (६० वर्षमाथि) नागरिकलाई घरमै सामान्य स्वास्थ्य सेवा प्रदान गर्न थालिएको छ ।”

नगरपालिकाले हरेक वडामा सडक कालोपत्र गर्ने योजनाका साथ यसै आवदेखि काम थालेको छ । बेरोजगार युवालाई कृषिसँग जोडेर रोजगारीका साथै उत्पादन वृद्धिको योजना अगाडि बढाइएको नगरप्रमुख योगीले बताए । “बेरोजगारलाई कृषिमा जोड्दा उत्पादनसँगै रोजगारी पनि सिर्जना हुन्छ”, उनले भने, “युवालाई कृषिमा आकर्षण गर्न ‘युवासँग कृषि’ कार्यक्रम ल्याइएको छ ।”

भूमि बैंक स्थापना गर्ने, बेरोजगारलाई कृषिसित जोड्ने, उत्पादनको बजारीकरण गर्नेलयत काम नगरपालिकाले गरिरहेको छ । कृषिजन्य उत्पादनको बजारीकरणमा देखिएको समस्या समाधान गर्न नगरपालिकाले नै उपभोग्य वस्तुलाई बजारसम्म पु-याउने योजना बनाएको छ । “ग्रामीण भेगमा उत्पादन भएका उत्पादनलाई बजारको पहुँचमा पु-याउन कार्यविधि निर्माण भइरहेको छ”, प्रमुख योगीले भने । 

किसानले उत्पादन गरेका दूध, तरकारीलगायत उपभोग्य वस्तु सङ्कलन गर्न सङ्कलन केन्द्र स्थापना गर्ने, किसानका उत्पादनलाई पालिकाले अनुदानसहित खरिद गरेर बजारमा पठाउनेसमेत तयारी गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित