<p><b>भदौ १९, इनरुवा | </b>अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विद्युत प्राधिकरणका कर्मचारीलाई सुनसरीबाट २५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ।<br></p><p>इनरुवा वितरण केन्द्रमा कार्यरत फोरम्यान विर्जुकुमार महतो पक्राउ परेका हुन्। उनले उद्योगमा विधुत क्षमता वृद्धि गरिदिएबापत घुस लिएको अख्तियारको दावी छ।</p>
September 5, 2023
समाज
विद्युत प्राधिकरणका कर्मचारी २५ हजार रुपैयाँ घुससहित पक्राउ
By साझासवाल
1 मिनेट पढाइ










