भदौ २२, जनकपुरधाम | रौतहटमा एक मन्दिरका पुजारी (साधु)माथि सांघातिक आक्रमण भएको छ ।

जिल्लाको दुर्गा भगवती गाउँपालिका ३ देवीपर्सा टोलस्थित श्री रामजानकी मन्दिरका पुजारी मिश्रीलाल साहमाथि सांघातिक आक्रमण भएको हो ।

स्थानीयका उमेश साहका अनुसार बिहिवार राति करिब ११ बजे खाना पकाउने समयमा अज्ञात व्यक्तिले पुजारी साहको टाउकोमा धारिलो हतियार प्रहार गरेका थिए ।

साधु साहमाथि आक्रमण भएको थाहा पाएपछि स्थानीयले उपचारका लागि अस्पताल पुर्याएको थियो । अहिले उनको उपचार पिपरा बजारस्थित बागमती अस्पतालमा भइरहेको छ ।

रौतहटका प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठले साधुमाथि आक्रमणबारे भर्खर जानकारी पाएको र प्रहरी पठाएको बताए । आक्रमण कसले र किन गरेको कुरा खुल्न नसकेको उनको भनाई छ ।

September 8, 2023
समाज
रौतहटमा जानकी मन्दिरका पुजारीमाथि सांघातिक आक्रमण
By साझासवाल
2 मिनेट पढाइ