२१ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना शनिबारसम्मै

२८ भाद्र २०८०, बिहीबार ०६:०४

भदौ २८, कठमाडौं | गएराति काठमाडौं र आसपासका क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा भयो । मनसुनको समयमा सामान्यतया मेघगर्जन र चट्याङ पर्दैन तर बुधबार राति सुतिरहेका मानिसहरुलाई तर्साउने गरी बिहानपखसम्मै मेघगर्जन र वर्षा भइरह्यो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार सबैभन्दा बढी वर्षा काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने धाप ड्याममा रेकर्ड भएको छ । १२ घण्टाको अवधिमा धाप ड्याममा ८१ मिलिमिटर वर्षा मापन भएको छ । त्यसपछि दोस्रो धेरै नुवाकोटको ककनी क्षेत्रमा ६४ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।

हिजोआज ठूलो पानी पार्ने प्रणाली पनि छैन । तर राति मेघगर्जन र चट्याङसहित घनघोर पानी किन पर्यो होला ? मौसमविद् रोजन लामिछाने भन्छन्, ‘दिनभर चर्को घामका कारण विकसित स्थानीय प्रणालीलाई भारत र बंगालको खाडी आसपासको न्यूनचापीय प्रणालीले सपोर्ट गरेका कारण मेघ गर्जन र चट्याङसहित वर्षात भयो ।’

लामिछानेका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । यसको अर्थ पानी पार्ने प्रणाली भारततिर बढी छ । नेपालमा भारतको दक्षिण-पश्चिम उत्तर प्रदेश र त्यस आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव मात्रै छ । यस्तै बंगालको खाडीको उत्तरपश्चिम क्षेत्रमा रहेको न्यूनचापीय रेखाको पनि नेपालमा आंशिक प्रभाव छ ।

मनसुनको समयमा जलवाष्पयुक्त हावा धेरै हुन्छ र पानी पर्छ । सामान्यतया मनसुनको समयमा मेघगर्जन र चट्याङ कम हुन्छ । तर हुँदै नहुने भन्ने चाहिँ हुँदैन । २०७९ साउन २४ गते र २०७८ भदौ २० गते पनि काठमाडौंमा हावाहुरी, मेघगर्जन र चट्याङसहित वर्षा भएको थियो ।

नेपालमा यस वर्ष सरदर मितिभन्दा एक दिन ढिला ३१ जेठ (१४ जुन) मा मनसुन भित्रिएको थियो । नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टुबर २ हो । सरदर मिति अनुसार मनसुनको अवधि अझै १५ दिन -यसमा केही दिन तलमाथि हुनसक्छ) बाँकी छ । अर्थात् अहिले ‘पोष्ट मनसुन’को समय छ । पोष्ट मनसुनको बेलामा पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना हुने मौसमविद लामिछानेको भनाइ छ । मेघगर्जन र चट्याङ प्रि-मनसुनको समयमा बढी हुन्छ ।

यद्यपि आज राति पनि मेघ गर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा लेखिएअनुसार आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यसैगरी भदौ २९ गते शुक्रबार र ३० गते शनिबार पनि बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु