Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
September 21, 2023 समाज

अमेरिका बसेर मानव बेचबिखन गरेको आरोप लागेका गौतमविरूद्ध चार कसुरमा मुद्दा दर्ता

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

असोज ४, काठमाडौँ | अमेरिकामा बसेर मानव बेचबिखन गरेको आरोपमा पक्राउ परेका मृदुल भन्ने हस्त गौतमविरूद्ध मुद्दा दर्ता भएको छ।

सरकारी वकिलको कार्यालय काठमाडौंले बिहीबार काठमाडौं जिल्ला अदालतमा हस्त गौतमविरूद्ध मुद्दा दर्ता गरेको सहायक न्यायाधिवक्ता चन्द्र संजेलले जानकारी दिए।

उनका अनुसार हस्त गौतमविरूद्ध चार वटा कसुरमा मुद्दा दर्ता भएको छ।

सहायक जिल्ला न्यायाधिवक्ता संजेलले उनीविरूद्ध मानव बेचबिखन ओसारपसार कसुर, संगठित अपराध, ठगी र एकीकृत कसुरमा मुद्दा दायर भएको बताए।

‘चार वटा छुट्टाछुट्टै फाइलहरू छन्। प्रतिवादीहरू पनि फाइलअनुसार फरक छन्,’ उनले भने।

उनका अनुसार पहिलो फाइलमा ६ जना, दोस्रोमा ४ जना, तेस्रोमा ५ जना र चौथो फाइलमा ३ जनालाई प्रतिवादी बनाएर मुद्दा लगिएको हो। जसमध्ये हस्त गौतमलाई तीन वटा फाइलमा मुख्य प्रतिवादी बनाइएको छ।

यस प्रकरणमा अर्का एक जना प्रतिवादीलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनी कमल तामाङ हुन्। उनी भने चार वटै फाइलमा प्रतिवादी बनाइएका छन्। ज्योति कुँवर भन्ने व्यक्ति पनि प्रहरी हिरासतमा छिन्।

अरू दुई जना प्रतिवादी पूर्ण लामा र भरतकुमार काफ्ले भन्ने व्यक्ति फरार छन्।

रूकुम घर भई अमेरिकाको टेक्सास बस्दै आएका उनीमाथि मानव बेचबिखन अनुसन्धान ब्युरोले अनुसन्धान गरेको थियो। उनी गत भदौ २० गते पक्राउ परेका थिए। उनीविरूद्ध ब्युरोमा ३५ जनाले जाहेरी दिएका छन्। ३० जना पीडित काठमाडौं र पाँच जना दाङमा छन्।

गौतमसहितको समूहले दुई सय जना बढी नेपाली नागरिकसँग पैसा लिएर अमेरिका पठाइसकेको बयानमा बताएका थिए। कतिपयलाई भने उनले अलपत्र पारेका थिए।