Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
September 22, 2023 समाज

लम्बियो काठमाडौं महानगर अगाडि उभिने युवाको अभियान

By साझासवाल 2 मिनेट पढाइ

असोज ५, काठमाडौँ |  फुटपाथ व्यवसायीहरुको वैकल्पिक व्यवस्थापनको माग गर्दै अभियन्ता ईः, सौरभ न्यौपाने (चाउ) र प्रविण काफ्लेको विरोध अभियान लम्बिएको छ ।

मेयर र उपमेयरको राष्ट्रियसभा गृहको कार्यालय अगाडि उभिएर भएको प्रदर्शन १२३ घन्टाका लागि लम्बिएको अभियन्ता ईः ले बताए ।

उनीसहित ३ जनाले दुई दिनअघि ७७ घन्टासम्म उभिएर प्रदर्शन सुरु गरेका थिए । तर, मेयरबाट सुनुवाइ नभएको भन्दै विरोध प्रदर्शन लम्ब्याएको उनको भनाइ छ ।

चुनाव अघि वाचा गरेअनुसार साना सडक व्यवसायीलाई वकल्पिक व्यवस्थापन गरेर मात्र हटाउनुपर्ने उनीहरुको माग छ । नगर प्रहरीको गैरकानूनी र आक्रामक पुलिसिङ शैलीलार्य पनि सच्याउनुपर्ने माग उनीहरुको छ । काठमाडौं महानगरले फुटपाथ व्यवसायीहरुलाई बलपूर्वक हटाएपछि झण्डै तीन महिनादेखि ईः लगायतको नेतृत्वमा ‘गरिबको चमेली बोलदिने कोही छैन’ अभियान चलिरहेको छ ।