Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
September 23, 2023 समाज

मुगुको गमगढी बजारमा आगलागी, ८ वटा घर पूर्ण रुपमा जलेर नष्ट

By साझासवाल 2 मिनेट पढाइ

असोज ६, मुगु | मुगुको गमगढी बजारमा आगलागी हुँदा ८ वटा घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । गएराति भएको आगलागीबाट केही घर, पसल तथा गोदाम जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

मुगुका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) वीरेन्द्र थापाले आगलागीबाट ८ वटा घर पूर्ण रुपमा जलेर नष्ट भएको जानकारी दिए । उनले आगोले अन्य केही घरमा पनि आंशिक क्षति पुगेको बताए ।

जलेका घरमा कम्प्युटर पसल, मोवाइल पसल, होटेल, सैलुन, ग्याँस सिलिण्डर पसल थिए । आगलागीबाट कुनै मानवीय क्षति नभए पनि ठूलो आर्थिक क्षति भएको प्रहरीको भनाइ छ ।

राति करिब १२ बजेबाट सुरु भएको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, नगरप्रहरी र स्थानीयले निभाएका थिए ।