Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
September 25, 2023 समाज

ई: भन्छन्– नगर प्रहरी आएर हप्काए, बालेन वार्तामा बोलाउन आएका छैनन्

By साझासवाल 4 मिनेट पढाइ

असोज ८, काठमाडौँ | काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले चुनाव अगाडि गरेका वाचाका लागि ‘नागरिक जवाफदेहिता’ माग गर्दै आन्दोलनमा रहेका अभियन्ता ई:ले मेयर शाहले आफूलाई वार्तामा नबोलाएको बताएका छन्।

मेयर शाहले सामाजिक सञ्जालमा लेखेको एउटा सन्देशप्रति जवाफ दिँदै ई:ले वार्ताका लागि बालेन बोलाउन आएको नभइ, नगर प्रहरी आएर हप्काउँदै आफूलाई पार्किङ लटमा बोलाएको बताएका छन्।

नगर प्रहरीले बोलाउँदा पनि आफूहरुले कानुन विज्ञ, शहरी व्यवस्थापन विशेषज्ञ र सडक व्यवसाय प्रतिनिधिलाई बोलाउन ३० मिनेट समय मागेको उनको भनाइ छ। तर, नगर प्रहरीले भने ‘त्यसोभए मेयरले भेट्दैन’ भनेर जवाफ दिएको ई:ले उल्लेख गरेका छन्।

ई:ले सामाजिक सञ्जालमा नै लेखेका छन्– मेयर यहाँ आउनुभएको होइन। सँगै जवाफदेहिता माग गरिरहेका अन्य साथीहरू साक्षी छन्। करीब २० मिनेट अगाडि अकस्मात एक नगर प्रहरीले हामीलाई हप्काउँदै राष्ट्रिय सभागृहको पार्किङ लटमा बोलाए। हामीले कानुन विज्ञ, शहरी व्यवस्थापन विशेषज्ञ र सडक व्यवसाय प्रतिनिधि साथीहरूलाई बोलाउन ३० मिनेट समय माग्यौं। नगर प्रहरीले रिसाएर जवाफ दिए- ‘त्यसोभए मेयरले भेट्दैन!’

मेयर शाहले भने आन्दोनकारीलाई भेट्न आफू आन्दोलनरत स्थानमै गएको बताएका छन्। आफू स्वयम् नै अभियन्ताहरुको धर्नास्थलमा गएर वार्ताका लागि अनुरोध गरेको, तर उनीहरु वार्तामा नआएको बालेनको भनाइ छ।

‘बिगत केही दिनदेखि केही अभियन्ताहरु आन्दोलनमा हुनुहुन्थ्यो, उहाँहरुको कुरा सुन्न उहाँहरु उभिरहेको ठाउँमा म आफैं गएर वार्ता गरौं, यहाहरुको कुरा र  समस्या सुनौं भन्दा अभियन्ताहरु संवादमा बोलाउँदा आउन खोज्नुभएन,’ बालेनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘लोकतान्त्रिक अभ्यासमा सबै कुरा (समस्याको) समाधान संवादबाट नै हुनुपर्छ भन्ने कुरा हामीले बुझेका छौँ, सायद कुनै राजनितिक स्वार्थ जोडिएर आउन नखोज्नु भएको होला भन्ने हामीले बुझेका छौँ।  के वार्ता हामीले उहाँहरुको नेतासँग गर्नुपर्ने?’