Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
September 30, 2023 समाज

सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असोज १३, सुर्खेत | सुर्खेतमा मोटरसाइकलको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु भएको छ । वीरेन्द्रनगर-३ स्थित गोकुल कटेज नजिकै मोटरसाइकले ठक्कर दिंदा दैलेखको आठबीस नगरपालिकाका खिड्कीज्यूला स्थायी घर भएका ५ वर्षीय टुकदर्शन गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते गिरीको उपचारको क्रममा कर्णाली केयर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

दुर्घटनापछि मोटरसाइकल चालक फरार रहेको प्रहरीले जनाएको छ ।

आफन्तले ठक्कर दिने मोटरसाइकल खोजेर चाकललाई पक्राउ गर्नुपर्ने माग राख्दै गोकुल कटेज नजिकै कर्णाली राजमार्ग अवरुद्ध गरेका छन् ।